Logo
|
Friday 26th April 2024
Logo

epaper

वितेको २४ घण्टामा थप ८२१ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १२१७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४९ हजार २४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
हालसम्म १८ लाख २० हजार ६१८ जनाको पीसीआर परीक्षण भएको छ । आज थप ८४२ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । यो सहित देशभर कोरोनामुक्त हुनेको संख्या २ लाख ३६ हजार ५७३ पुगेको मन्त्रालयले जनाएको छ । कोरोनासक्रमण मुक्त हुने दर ९४.१ प्रतिशत रहेको छ ।
नेपालमा वितेको २४ घण्टामा थप १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १७१६ पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १० हजार ९५५ रहेको छ । हाल देशभर ४७१ जना क्वारेन्टीनमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्