Logo
|
Thursday 25th April 2024
Logo

epaper

विश्वमा कोरोना : गत २४ घण्टामा ५ लाख २७ हजार कोरोनाका संक्रमित थपिए



जनस्वास्थ्य सरोकार, काठमाडौं । विश्वभर गत २४ घण्टामा ५ लाख २७ हजार १ सय ३२ कोरोनाका संक्रमितहरु थपिएका छन्। भने, ४ लाख ४९ हजार ९ सय ८८ कोरोनाको संक्रमणबाट मुक्त भएका छन्। यस्तै, ८ हजार ४ सय ७६ जनाले ज्यान गुमाएका छन्।

गत २४ घण्टामा सबैभन्दा बढी अमेरिकामा १ लाख ९७ हजार ८ सय ११ कोरोनाका नयाँ संक्रमितहरु थपिएका छन्। यस्तै १ हजार ५ सय ७२ जनाले ज्यान गुमाएका छन् भने १ लाख ४५ हजार १ सय ९३ संक्रमणबाट मुक्त भएका छन्। हालसम्म अमेरिकामा १ करोड ६९ लाख ४१ हजार ९ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

रसियमामा गत २४ घण्टामा २७ हजार ३ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै रसियामा कोरोनाबाट संक्रमित हुनेको संख्या २६ लाख ८१ हजार २ सय ५६ पुगेको छ।

२४ घण्टामा कोरोनाको संक्रमणबाट निको हुनेको संख्या १८ हजार ५ सय २६ सँगै रसियामा हालसम्म २१ लाख २४ हजार ७ सय ९७ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन्।

भारतमा ९९ लाख ६ हजार ५ सय ७ कोरोनाका संक्रमित पुगेका छन्। गत २४ घण्टामा २१ हजार ७ सय ९१ संक्रमित थपिएसँग संक्रमितको संख्यामा वृद्धि भएको हो। गत २४ घण्टामा ३४ हजार २ सय २४ ले कोरोना जितेसँगै भारतमा कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या ९४ लाख २१ हजार ८ सय ३२ पुगेको छ। हालसम्म भारतमा १ लाख ४३ हजार ७ सय ४६ ले कोरोनाका कारण ज्यान गुमाएका छन्।

गत २४ घण्टामा टर्कीमा २९ हजार ६ सय १७ थपिए भने २८ हजार १ सय ६४ निको भए। यस्तै, ब्राजिलमा थपिनेको संख्या २७ हजार ४ सय १९ रहेको छ यस्तै निको हुनेको संख्या ३३ हजार १ सय ३२ रहेको छ। इटालीमा १२ हजार बढी थपिए, २२ हजार निको भए। र जर्मनीमा १८ हजार बढी थपिए, १६ हजार मात्र संक्रमण मुक्त भएका छन्।

हालसम्म विश्वभरमा ७ करोड ३१ लाख ८० हजार १ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १६ लाख २७ हजार ३ सय ६६ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ५ करोड १३ लाख १० हजार २ सय २३ ले कोरोना जितेको वल्र्डोमिटरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्