Logo
|
Friday 26th April 2024
Logo

epaper

‘कोरोना संक्रमण झन् भयावह हुन सक्छ, ख्यालठट्टा नगरौं’



जनस्वास्थ्य सरोकार, काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम अझै टरेको छैन । तर, अहिले अधिकांश नागरिकहरुले हेलचेक्रयाई गर्दै ‘कोरोना केहिपनि होइन’ भनेझै आफ्ना गतिविधिलाई अघि बढाउन थालेका छन् । र, चिकित्सकहरुले कोरोना जोखिम कायम रहेको भन्दै लापरबाही गरे महामारीको दोस्रो लहर आउन सक्ने चेतावनी दिएका छन् ।


अहिले दैनिकजसो आन्दोलन, सभा, गोष्ठि, प्रदर्शन, जमघट बाक्लिन थालेको छ । संक्रमण जोखिमका बिचपनि राजनितिक दलहरुनै प्रदर्शन कार्यक्रमलाई अगुवाई गर्ने गरेका छन् ।

अहिले अधिकांश नागरिकहरुले कोरोनालाई ख्याल ठट्टा मान्दै आएका छन् ।जोखिम कायम हुँदाहुँदै अहिले सवारी साधनमा यात्रुको चाँप बढ्दो छ । विभिन्न राजनितिक दल, पेशागत समुहहरुले दैनिक भौतिक उपस्थिती सहितको कार्यक्रम गर्न थालेका छन् । यस्तै, भौतिक उपस्थिती सहित जिल्ला जिल्लामा विद्यालयहरु समेत सञ्चालनमा आउन थालेका छन् ।

जनस्वास्थ्य विज्ञ डा.रवीन्द्र पाण्डेले हेलचेक्रयाई गर्दै गए कोरोना महामारीको दोस्रो लहर आउन सक्ने भन्दै सावधानी अपनाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘ अझैपनि कोरोना जोखिम अझै कायम छ । यो बेला जमघट गर्नुहुँदैन । भिडभाडले महामारीको दोस्रो लहर आउने सम्भावना रहन्छ ।’ उहाँले स्वास्थ्य मन्त्रालयले जारी गरेको जनस्वास्थ्यका मापदण्डलाई थप प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।

सरकारले कोरोना जोखिमलाई मध्येनजर गर्दै जनस्वास्थ्य मापदण्ड २०७७ जारी गरेको थियो । तर, सो मापदण्ड कार्यान्वयनमा आउन सकेको छैन । मापदण्डमा सबै किसिमका जमघट र भेलामा कम्तीमा दुई मिटरको दुरी कायम गर्ने उल्लेख छ ।


यस्तै, अनावश्यक वस्तु वा सतहहरू नछुने, नाक, मुख र आँखा अनावश्यक रूपमा नछुने, सार्वजनिक स्थलमा जथाभावी नथुक्ने, सम्भव भएसम्म पैसाको कारोवार गर्दा विद्युतीय कारोबार गर्नुपर्ने व्यवस्था जनस्वास्थ्य मापदण्ड २०७७ मा गरिएको छ । तर, कार्यानवयनमा आउन सकेको छैन ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जोखिम कायम नै रहेकाले जनस्वास्थ्यका न्यूनतम मापदण्ड पालना गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो–‘कोरोना संक्रमणबाट जोगिन भौतिक दुरी कायम गरौं । मास्कको समुचित प्रयोग गरौं । ’

प्रतिक्रिया दिनुहोस्