Logo
|
Thursday 25th April 2024
Logo

epaper

सार्कमा कोरोना संक्रमणमुक्त हुने दरमा नेपाल पहिलो



जनस्वास्थ्य सरोकार, काठमाडौं । सार्क देशहरुमा कोरोना भाइरस संक्रमणमुक्त हुने मुलुकमा नेपाल अग्रस्थानमा रहेको छ । कोरोनाको रेकर्ड राख्दै आएको वल्र्डमिटरका अनुसार संक्रमणमुक्त हुने दरमा नेपाल पहिलो नम्वरमा रहेको छ ।
नेपालमा संक्रमितको संख्या घट्दै गएको र संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएको देखिएको छ । नेपालमा हालसम्म कुल संक्रमित मध्ये ९५ दशमलव ३६ प्रतिशत नागरिक संक्रमणमुक्त भएका छन् । हालसम्म दुइ लाख ५० हजार एक सय ८० जना संक्रमित भएकोमा दुइ लाख ३८ हजार पाँच सय ६९ जना संक्रमणमुक्त भएका छन् ।
संक्रमणमुक्तका दृष्टिकोणले माल्दिभ्स दोस्रो नम्वरमा रहेको छ । माल्दिभ्समा ९५ दशमलव ३० प्रतिशत संक्रमणमुक्त भएका छन् । माल्दिभ्समा कुल संक्रमित १३ हजार तीन सय ८९ जना मध्ये १२ हजार सात सय ६० जना संक्रमणमुक्त भएका छन् ।

यस्तै, कुल संक्रमित मध्ये भारतमा ९५ दशमलव २०, भुटानमा ९२ दशमलव ९३ प्रतिशत संक्रमणमुक्त भएका छन् । भारतमा हालसम्म ९९ लाख ३२ हजार नौ सय आठ जनामा संक्रमण देखिएको छ । जसमध्ये ९४ लाख ५६ हजार चार सय ४९ जना संक्रमणमुक्त भएका छन् । यस्तै भुटानमा चार सय ३९ संक्रमित मध्ये चार सय आठ जना संक्रमणमुक्त भएको देखिएको छ ।

पाकिस्तानमा कुल संक्रमित मध्ये ८७ दशमलव १३, बंगलादेशमा ८६ दशमलव ३४ प्रतिशत संक्रमणमुक्त भएको वल्र्डमिटरमा उल्लेख छ ।
पाकिस्तानमा चार लाख ४५ हजार नौ सय ७७ जना संक्रमित मध्ये तीन लाख ८८ हजार पाँच सय ९८ जना संक्रमणमुक्त भएका छन् । बंगलादेशमा कुल संक्रमित चार लाख ९४ हजार दुइ सय नौ जना मध्ये चार लाख २६ हजार सात सय २९ जना संक्रमणमुक्त भएको वल्र्डमिटरले देखाएको छ ।
हालसम्म अफगानस्तानमा ७७ दशमलव ४६ प्रतिशत र श्रीलंकामा ७२ दशमलव ८७ प्रतिशत संक्रमणमुक्त भएको देखिएको छ । अफगानस्तानमा ४९ हजार सात सय तीन जनामा कोरोना देखिएको छ । जसमध्ये ३८ हजार पाँच सय जना संक्रमणमुक्त भएका छन् ।
श्रीलंकामा ३४ हजार एक सय २१ संक्रमित मध्ये २४ हजार आठ सय ६७ जना संक्रमणमुक्त भएका छन्

प्रतिक्रिया दिनुहोस्