Logo
|
Saturday 20th April 2024
Logo

epaper

देशभर थपिए ७३६ कोरोना संक्रमित, १३ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । वितेको २४ घण्टामा थप ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५० हजार ९१६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
हालसम्म १८ लाख ४९ हजार १३६ जनाको पीसीआर परीक्षण भएको छ । आज थप ८४७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । यो सहित देशभर कोरोनामुक्त हुनेको संख्या २ लाख ३९ हजार ४१६ पुगेको मन्त्रालयले जनाएको छ । कोरोनासक्रमण मुक्त हुने दर ९५.४ प्रतिशत रहेको छ ।


नेपालमा वितेको २४ घण्टामा थप १३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १७४३ पुगेको छ ।


देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ७९७ रहेको छ । हाल देशभर ४५२ जना क्वारेन्टीनमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्