Logo
|
Friday 19th April 2024
Logo

epaper

सोमबार ७४२ जना कोरोना संक्रमित थपिए, १०७९ निको, ७ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । वितेको २४ घण्टामा थप ७४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५४ हजार ५१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
हालसम्म १८ लाख ७७ हजार १८१ जनाको पीसीआर परीक्षण भएको छ । आज थप १०७९ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । यो सहित देशभर कोरोनामुक्त हुनेको संख्या २ लाख ४४ हजार ७४३ पुगेको मन्त्रालयले जनाएको छ । कोरोनासक्रमण मुक्त हुने दर ९६.१६ प्रतिशत रहेको छ ।
नेपालमा वितेको २४ घण्टामा थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १७९५ पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ९७६ रहेको छ । हाल देशभर ४२१ जना क्वारेन्टीनमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्