Logo
|
Wednesday 26th January 2022
E-paper Magazine

देशभर थप ७२२ जना कोरोना संक्रमण पुष्टि, ९६६ निको, ३ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । वितेको २४ घण्टामा थप ७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार २३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
हालसम्म १८ लाख ८४ हजार १८१ जनाको पीसीआर परीक्षण भएको छ । आज थप ९६६ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । यो सहित देशभर कोरोनामुक्त हुनेको संख्या २ लाख ४५ हजार ७०९ पुगेको मन्त्रालयले जनाएको छ । कोरोनासक्रमण मुक्त हुने दर ९६.२७ प्रतिशत रहेको छ ।
नेपालमा वितेको २४ घण्टामा थप ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १७९८ पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ७२९ रहेको छ । हाल देशभर ४१३ जना क्वारेन्टीनमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्