Logo
|
Saturday 27th April 2024
Logo

epaper

उपत्यकामा २४४ सहित देशभर थप ६ सय १३ जनामा कोरोना संक्रमण



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २४४ सहित देशभर थप ६ सय १३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १९९ ललितपुरमा २७ र भक्तपुरमा १८ जना गरी थप २४४ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसंगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५६ हजार ५९२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा ५ हजार ५ सय १० जनाको पीसीआर विधिबाट गरिएको नमुना परीक्षण गरिएको थियो ।

त्यसैगरी नेपालमा अहिलेसम्म १८ लाख ९६ हजार २५० पीसीआर नमुना परीक्षण भएको छ ।

आज थप ७ सय ३९ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ४७ हजार ४ सय पुगेको छ ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ३८४ रहेको छ ।

पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट थप ५ जनाको निधन भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ हजार ८०८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्