Logo
|
Friday 19th April 2024
Logo

epaper

सरकारले कोरोनाको परिवर्तित रुपबारे अध्ययन गर्ने



जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले बेलायतमा देखिएको कोरोना भाइरसको परिवर्तित नयाँ रुप नेपाल प्रवेश गरेनगरेको पत्ता लगाउन अध्ययन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा बुधबार बसेको इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले भाइरसको नयाँ स्वरुप नेपालमा भएनभएको अध्ययन गर्ने निर्णय गरेको हो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीले केही सातायता बेलायतबाट अथवा बेलायत ट्रान्जिट हुँदै आएका यात्रुको खोजी गरी संक्रमित पाइए अनुवांशिक उपक्रम (जेनेटिक सिकेन्स) अध्ययन गरिने जानकारी दिनुभयो ।

कोरोना भाइरसको दोसो चरणको जेनेटिक सिकेन्सको अध्ययन गर्ने योजना यसअघि नै बनाए पनि परिषद्ले बेलायतमा देखिएको नयाँ स्टे«नको पनि सम्भावना देखिएकाले थप भाइरसका नमुना समेटेर अध्ययन गर्न लागेको हो । ‘यसपटक कम्तीमा पनि ५० भन्दा बढी नमुनाको अध्ययन गर्ने तयारी रहेको र यसबारे थप गृहकार्य बिहीबारबाटै गर्नेछौं,’ ज्ञवालीले भन्नुभयो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक तथा प्रवक्ता राजकुमार क्षेत्रीले पश्चिम राष्ट्रबाट विशेषगरी एयर अरेबिया, टर्किस एयरलायन्स, कतार एयरलायन्स र फ्लाई दुबई एयरलायन्स हुँदै यात्रु नेपाल आउने भएकाले यी एयरलायन्स हुँदै नेपाल आएका यात्रुको खोजीनीति गर्न आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्