१२ जना चिकित्सकलाई प्रमाणपत्र सहित १ महिना भित्र उपस्थित हुन काउन्सिलको आग्रह
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले १२ जना चिकित्सकहरुलाई ३० दिनभित्र काउन्सिलमा सम्पर्क गर्न भन्दै सूचना जारी गरेको छ ।
काउन्सिल ऐन २०२० को दफा १३ मा भएको व्यवस्थाबमोजिम दर्ता किताब दुरुस्त राखी समयसमयमा नाम दर्ता भएका चिकित्सकहरुको नाम, ठेगाना र योग्यता खोली दर्ता किताबमा दर्ता गर्ने, दिवंगत भएका वा सदस्यताबाट नाम हटाइने १२ जना चिकित्सकहरुको नाम सार्वजनिक गरि काउन्सिलमा ३० दिन भित्र सम्पर्क गर्न सूचना जारी गरेको हो ।
तोकिएको समयमा उपस्थित नभएमा नियमानुसार कारवाही अघि बढाउने काउन्सिलले चेतावनी दिएको छ ।
तोकिएको समयमा उपस्थित नभएमा नियमानुसार कारवाही अघि बढाउने काउन्सिलले चेतावनी दिएको छ ।