Logo
|
Friday 19th April 2024
Logo

epaper

थप ४८१ जनामा कोरोना पुष्टि, ६ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ८१ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५८ हजार १ सय ८१ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ७ सय ३१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ४९ हजार ८ सय ६३ पुगेको छ।

हाल देशभर ६ हजार ४ सय ९३ जना सक्रिय संक्रमित रहेका छन् भने ३ सय ६९ जना क्वारेन्टिनमा छन्।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ६  जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजा ८ सय २५ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्