Logo
|
Thursday 25th April 2024
Logo

epaper

स्वास्थ्य संस्थामा हुनुपर्ने स्वास्थ्यकर्मी कोरोनाका बेला सडक तताउँदै



जनस्वास्थ्य सरोकार काठमाडौं । स्वास्थ्यकर्मीहरु सरकारले माग सम्बोधनमा गम्भिर नभएपछि आन्दोलनमा छन् । सरकारलाई मागपत्र पेश गर्दापनि संवेदनशील नभएपछि सडकमा उत्रीन वाध्य भएको उनीहरुको भनाई छ ।

बिरामीको उपचारमा खटिनुपर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आइतबार काठमाडौंको माइतीघर मण्डलामा भेटिए । मण्डलामा प्ले कार्ड सहित मौन धर्नामा बसेका छन् ।


आफुहरुले उठाएका विभिन्न १८ बुँदे मागहरु पुरा नभएपछि स्वास्थ्य क्षेत्रमा क्रियाशिल ट्रेड युनियन तथा पेशागत संघरसंगठनहरुको संयुक्त संघष समिति आन्दोलनमा उत्रिएका छन् ।
संगठनले गत मंसिर ७ गते मन्त्रालय सामु विभिन्न १८ बुँदे माग सहितको ज्ञापन पत्र बुझाउँदै २१ दिनको अल्टिमेटम दिएका थिए ।


कोभिड लगायत अन्य जटिल रोगको सबै उपचार राज्यले निःशुल्क गर्नुपर्ने, आइसियु, भेन्टिलेटर लगायत उपकरणहरुको संख्या देशैभरका अस्पतालमा वृद्धि गरी सेवा विस्तार गर्नुपर्ने, निश्चित मापदण्डका आधारमा सबै स्वास्थ्यकर्मीलाई क्वारेन्टाइन, आइसोलेसन र बिदाको व्यवस्थापन हुनुपर्ने लगायत १८ बुँदे माग छ ।


आन्दोलनमा नेपाल चिकित्सक संघ, नेपाल स्वास्थ्यकर्मी संघ, राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपाल स्वास्थ्यकर्मी युनियन, अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी संगठन लगायत २६ वटा संघ संगठनले आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् ।

यसैबिच, स्वास्थ्य मन्त्रालयले प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति बनाएको छ । समितिमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतम र सहसचिव दामोदर रेग्मी सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्