Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

फैट हैन फिट



हामीले आपmनो मोटोपन घटाएमा रक्तचाप, कोलेस्टेरोल, मधुमेह, कोरोनरी मुटुरोग, मस्तिष्कघात, गल ब्लाडर, पत्थरी विभिन्न प्रकारका क्यान्सर आदिबाट छुटकारा पाउन सकिन्छ । यदि तपाईले आफनो तौल घटाउने प्रण गर्नु हुन्छ भने केही कुरा जान्ने र त्यसलाई ब्यवहारमा उतार्ने संकल्प गर्नुपर्छ ।

कम्मर नाप्ने
शरीरमा जम्मा भएको बोसो नाप्ने एक सजिलो उपाय कमर नाप्नु हो । एक युवा स्त्रीको कमरको मोटाइ ८८ से. मी र युवा पुरुषको १२० से.मी. भन्दा बढी हुनु मोटोपनको लक्षण हो । यसरी पेटमा धैरै बोसो जम्ने ब्यक्तिमा मधुमेह, कोरोनरी हार्ट डिजिज, रक्तचाप आदिको जोखिम धेरै हुने गरेको पाइन्छ ।

क्यालोरी गणितमा ध्यान दिने
वैज्ञानिक परिक्षणमा देखिएअनुसार, यदि दैनिक आहारमा क्यालोरीको मात्रा १००० देखि १२०० को बीच सिमित राख्छौ र खर्च १५०० देखि १७०० को बीच राख्छौ भने दिन भरमा ७० ग्राम तौल घटाउन सक्छौं । यदि हामी यस मूल नियमको पालना गरी रह्यौं भने २ हप्तामा १ के. जी. तौल घटाउन सफल हुन्छौं । यदि हामी ६ महिनासम्म सोही अनुसारमा रहेमा हाम्रो तौल ८– १० प्रतिशत सम्म घट्नसक्छ ।

पहिलो मन्त्र सन्तुलित डायट हो
दिनमा सबै मिलाएर कति क्यालोरी खर्च हुन्छ भनेर डाइटीशियन र डाक्टरको साथमा बसेर यसको हिसाब निकाल्नुपर्छ । तौल घटाउन ५०० देखि १००० क्यालोरी घटाइदिने । डाइट सन्तुलन बनिरहेमा यसका लागि कुल क्यालोरीको ५५ प्रतिशत कार्वोहाइडेट, १५ प्रतिशत प्रोटिन र ३० प्रतिशत प्mयाट प्राप्त गर्ने जतन गर्ने ।


कार्वोहाइडेटका लागि सब्जी, ताजा फलफूल र अन्नमा जोड दिने । हरियो पत्तेदार सब्जी, फलफूल, बन्दागोभी, मटर, गाजर, हरियो खुर्सानी, करेला, नासपाती, स्याउ, केरा, सुन्तला जस्ता फलफूल,बोक्राभएको दाल र चोकर भएको आटा कार्वोहाइडेट वा प्राकृतिक रेशाको धनी स्रोत हुन । यस्ता वस्तुको उपभोगले शरीरमा भिटामिन, खनिज र पौष्टिक तत्वको पूर्ति गर्दछ । मलाइयुक्त (तर भएको) दूध, क्रीम र घिउ भन्दा क्रिम झिकेको दूध खानु बढी फाइदाजनक हुन्छ ।
क्यालोरीमा अंकुश लगाउने खास मन्त्र

कम खाने – धेरै भोक लागेमा मात्र खाना पस्कने । खाना थोरै पस्कने र बिस्तारै खाने । सानो सानो गाँस गरेर खानाले आफू अघाउञ्जेल खान समय लाग्दछ । कम खाने बानी परेपछि थोरै खानाले पनि पेट भरिन लाग्दछ ।

खाना पकाउने तरिका बदल्ने – कुनै पनि चिजलाई तारेर पकाउनु भन्दा स्टीम गरेर पकाउने । उमालेर पकाएको खाना खाने । यसले न क्यालोरी गणीत बिग्रन्छ न त कोलेस्टेरोल गणित नै ।
जंक फूडलाई तिलान्जली दिने – विदेशी जंकफूड जस्तो पिज्जा, वर्गर, फ्रेन्च फ्राइज हो वा परौठा, समोसा, पकौडा, दालमोठ, भुजिया जस्ता देशी चिज सबैमा धेरै क्यालोरी हुने गर्छ । त्यसैले यसलाई छोड्नामा नै भलाई हुन्छ ।

कहिलेकाही मात्र मासु खाने– मासु, माछा, अन्डा खान मन लागेमा कहिलेकाही खान ठिक हुन्छ । यी सबै चिजमा क्यालोरी र नोक्सान गर्ने कोलेस्टेरोल धेरै मात्रामा हुन्छन् । यदि मासु धेरै मन पर्छ भने माछा खानु राम्रो हुन्छ । यसमा पाइने ओमेगा—३ प्mयाट एसिड स्वास्थ्यकारी हुन्छ ।
सलाद खाने – जब केहि खान मन लागेमा काँचो सागसब्जी र फलफूल खानुपर्दछ । काँक्रो, गाँजर, मूला, टमाटर, प्याज, बन्दागोभी र ताजा फलफूलमा पौष्टिक तत्व मिल्दछ र यसमा क्यालोरी पनि कम हुन्छ । यसको बिपरित बिस्कुट, दालमठ, निमकी र मिठाइ जस्ता चिज खानाले क्यालोरी गणीत बिग्रन्छ ।

मिठाइ नखाने– मिठाइ, केक, बिस्कुट, पेस्टी, जाम, चकलेट, वर्न भिटार, हर्लिक्स र कन्दमूल सब्जी, चुकन्दर, शकरखण्ड, आलु थोरै मात्रामा खाने । यी सबै चिजमा क्यालोरी धेरै हुन्छ ।
धेरै पानी पिउने – बिहान बेलुकाको खानाको बीचमा पानी सबैभन्दा राम्रो आहार हो । पटक पटक पानी पिउनाले भोक कम लाग्नुको साथै शरीरमा नकारात्मक मेटाबोलीज्मको उत्पन्न हुने जैविक रसायनलाई छानेर पिसाबको साथ बाहिर पठाउन सजिलो हुन्छ ।

टेलीभिजन थोरै हेर्ने – टीभी हेर्नाले मोटोपन बढ्दछ । टीभीमा देखिने विज्ञापनमा मन परेको खाना खाने लोभ बढ्दछ । टीभी हेर्दा केही न केही खाने बानीले क्यालोरी गणित बिगार्दछ । मनोरञ्जनका लागि समय मिलेमा संगीत सुन्ने, खेल खेल्ने, साथीभाइ परिवारसँग बसेर कुरा गर्ने र समय बिताउने । जसरी भए पनि खानबाट बच्ने ।

सकारात्मक सोच राख्ने र सँधै खुशी रहने – जे काम गर्दा पनि त्यसको भरपुर आनन्द लिने । सकारात्मक सोच ्राख्नाले जीन्दगिको आनन्द कति गुणा टढ्दछ । खुसिरहनाले मस्तिष्क मात्र हैन पुरै शरीर र हर अंगमा प्रसन्नता महसुस हुन्छ र त्यस बाट तृप्ती अनुभब हुन्छ । यसको बिपरित उदासी, चिन्ता, निरासाको मनोस्थितिले जीवन पहाड जस्तो लाग्दछ । यस नकारात्मक निरासावादी मानसिकता बाट माथी मानीस केही खानेकुराको सहारा लिन्छ र हेर्दा हेर्दै तौल बढ्दछ ।

ब्यायाम गर्ने – यदि तौल घटाउने मनस्थिति भएमा डाइटिंगका साथ साथै ब्यायाममा पनि ध्यान दिनुपर्दछ । नियमित ब्यायाम गर्नाले धेरै शारीरिक समस्याबाट बच्न सकिन्छ । नियमित ब्यायाम स्वास्थ्यका लागि लाभदायक मानिन्छ । ब्यायाम कुनैपनि रुपमा हुन सक्दछ । जस्तो बिहान बेलुकाको हिँडडूल, जगिंग, एरोबिक्स, साइकिलिंग वा खेलकूद । सवै ब्यायाम वा खेलमा अलग अलग क्यालोरी खर्च हुन्छ ।

ब्यायाम क्यालोरी खर्च
छिटो छिटो हिड्नाले ३.६ क्यालोरी मिनेट
साइकल चलाउनाले ४.५ क्यालोरी मिनेट
दौडनाले ५.० क्यालोरी मिनेट
ब्याडमिन्टन खेल्नाले ६.० क्यालोरी मिनेट
टेनिस खेल्नाले ७.० क्यालोरी मिनेट

मोटोपनको लडाइ जित्ने सबैभन्दा ठूलो मन्त्र
मोटोपन कम गर्न आप्mनो संकल्पमा डटी रहनुपर्दछ । मोटोपनको लडाइ जित्ने यही सबैभन्दा ठूलो मन्त्र हो । धेरै मानिसहरु हार मान्दछन् । उनिहरुको कोशिसको केही फाइदा देखिएन । तर धैर्य बनाइराख्ने र ठीक ढंगले डायटिंग गरिरहनुपर्दछ । सँधै १५ दिनमा आफनो तौल नाप्ने । यदि यस बीचमा १ के. जी तौल घटेको छ भने तपाइ ठिक बाटोमा हुनुहुन्छ । आप्mनो लक्ष पूरा गर्न आप्mनो पहिलाको एकदमै फीट फोटो भित्तामा लगाउने । यो तस्वीरले तपाइलाई दुब्लो हुन कोशिस गर्नमा हौसला दिन्छ । लक्ष्य पूरा भएपछि भूलेर पनि आप्mनो पुरानो बानी र पहिलाको दिनचर्यामा फर्कनुहुँदैन । यो इच्छा पूरा गर्न सँधै साबधानी अपनाइरहनुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्