Logo
|
Thursday 25th April 2024
Logo

epaper

कन्ट्रयाक्ट ट्रेसीङ सकस बन्दै



जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पुस १ गतेदेखि हालसम्म युकेबाट दुइ सय ७७ जना व्यक्ति नेपाल प्रवेश गरे । तर, युकेबाट नेपाल आएका २७७ जनामध्ये हालसम्म एक सय ९३ जना मात्र स्वास्थ्य सेवा विभाग अन्तर्गत् इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको सम्पर्कमा रहेको पाइएको छ ।


बेलायतमा नयाँ रुपको कोरोना भाइरस संक्रमण फैलिएको तथ्य बाहिर आएपछि सरकारले गत मंगलबारदेखि यूकेमा आवागमन बन्द गरेको थियो । बेलायत हुँदै नेपाल प्रवेश गर्नेहरुलाई प्रत्यक्ष निगरानी गर्ने भनिएपनि उनीहरुको कन्ट्याक ट्रेसिङ प्रभावकारी नभएको पाइएको छ ।


दूइ सय ७७ जनामध्ये ८४ जना व्यक्तिहरु कहाँ छन् भन्ने विषयमा महाशाखा र स्वास्थ्य मन्त्रालय जानकारविहिन छ । यूकेवाट नेपाल फर्किएका मध्ये पाँच जनामा संक्रमण पुष्टि भएको छ ।

उनीहरुमा देखिएको कोरोना नयाँ रुपको हो होइन जिनसिक्वेन्सिङपछि मात्रै थाह हुने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा।बासुदेब पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्