Logo
|
Wednesday 8th May 2024
Logo

epaper

१३ लाख महिलाले लिए सुरक्षित गर्भपतन सेवा



जनस्वास्थ्य सरोकार, काठमाडौं । हालसम्म देशभर १३ लाख महिलाले सुरक्षित गर्भपतन सेवा लीएका छन् । स्वास्थ्य सेवा विभाग अन्तर्गत् परीवार कल्याण महाशाखाका अनुसार विभिन्न स्वास्थ्य संस्थाबाट १३ लाख महिलाले गर्भपतन सेवा लिएका हुन् । यस्तै, गर्भपतन सेवाले कानुनी मान्यता पाएको १८ वर्ष वितिसक्दापनि अझै प्रजनन उमेरका ५८ प्रतिशत महिला सो सेवा बारे अनविज्ञ रहेको पाइएको छ ।


४२ प्रतिशत महिलाले सरकारले गर्भपतन गराउनका लागि मान्यता दिएको स्वास्थ्य संस्थाबाट सेवा लिने गरेको स्वास्थ्य सेवा विभाग अन्तर्गत् परीवार कल्याण महाशाखाले जनाएको छ ।


स्वास्थ्य सेवा विभागको तथ्याकं अनुसार ५८ प्रतिशत महिलाले असुरक्षित गर्भपतन गराउने गरेको पाइएको छ । परीवार कल्याण महाशाखाका निर्देशक डा.भिमसेन तिकंरीले ४२ प्रतिशत महिलाले मात्र गर्भपतन सेवाका बारेमा जानकारी पाएको बताए । उनले भने, ‘सुरक्षित गर्भापतन सेवालाई थप प्रभावकारी र पहुँचयोग्य बनाउन ग्रामिणस्तरसम्म सेवा विस्तार गर्न आवश्यक छ । सरकारले सबै सरकारी स्वास्थ्य सेवाहरुबाट निशुल्क सुरक्षित गर्भपतन सेवा प्रदान गर्दै आएको छ । ’
हाल देशभर गर्भपतन सेवा प्रदान गर्न चार हजार रुपैंयाको हाराहारीमा चिकित्सक नर्स तथा अनमिहरुलाई तालीम प्रदान गरीएको छ । यस्तै, एक हजार पाँच सय स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा प्रवाह हुँदै आएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

नेपालमा ३ लाख २३ हजार जना महिलाले प्रति वर्ष गर्भपतन गराउने गरेका छन् । नेपालमा कुल मातृ मृत्यु मध्ये ७ प्रतिशत मातृ मृत्यु असुरक्षित गर्भपतनको कारणले हुन्छ । ४२ प्रतिशत प्रजनन उमेरका महिलाहरुलाई मात्र गर्भपतनले कानुनी मान्यता पाएको बारेमा ज्ञान छ ।


४८ प्रतिशत प्रजनन उमेरका महिलाहरुलाई मात्र सुरक्षित गर्भपतन गर्न पाइने ठाउँको बारेमा ज्ञान छ । १९ प्रतिशत महिलाहरु अनिच्छित गर्भ हुने गरेको तथ्यांकमा देखीएको छ । हाल ६५ जिल्लामा निशुल्क गर्भपतन सेवा उपलब्ध छ ।
विश्वमा प्रत्येक बर्ष २ करोड ५० लाख महिला तथा किशोरीहरुले असूरक्षित तरिकाले गर्भपतन गराउने तथ्यं सार्वजनिक भएको छ । विश्वमा भएका मातृ मूत्यु मध्ये करीब ८ प्रतिशत असूरक्षित गर्भपतनको कारणले भएको पाइएको छ । प्रतिवर्ष ४४ हजार महिलाहरुको मृत्यु असुरक्षित गर्भपतनको कारणले हुन्छ ।

प्रतिक्रिया दिनुहोस्