विद्यालय, जीमखाना र फिल्म हल खोल्ने सीसीएमसीको निर्णय, प्रस्ताव मन्त्रीपरिषदमा लैजादै
विद्यालय, जीमखाना र फिल्म हल खोल्ने सीसीएमसीको निर्णय, प्रस्ताव मन्त्रीपरिषदमा लैजादै
जनस्वास्थ्य सरोकार, काठमाडौं । कोरोना महामारीका कारण गत वर्षको चैत महिनादेखि बन्द भएका विद्यालय, फिल्म हल, जिमखानालगायतका क्षेत्र खुलाइने भएको छ । ।
आइतबार बसेको कोभिड–१९ रोकथाम सम्बन्धी बनेको उच्च स्तरीय निर्देशन समिति (सीसीएमसी) को बैठकले सो निर्णय गरेको हो । बैठकले आवश्यक परेमा पुनः बन्द गर्न सक्ने छ । तर यो अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई विद्यालय, फिल्म हल, जिमखानालागयत खुला गर्ने निर्णय गरिएको छ ।
यससम्बन्धि प्रस्ताव मन्त्रिपरिषदमा पठाइँदैछ ।
साथै बैठकले दोस्रो लहरको संक्रमण आउन सक्ने अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षा मापदण्ड पालना भए, नभएको सम्बन्धमा नियमित अनुगमन गर्ने र लापरबाही गर्नेलाई कारबाही गर्ने निर्णय गरेको पनि बताइएको छ ।
यसैबीच केही देशमा पुनः कोरोना संक्रमितको दर बढ्दै गएको र उक्त देशबाट नेपाल भित्रिने नागरिकलाई १० दिनसम्म क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन मन्त्रिपरिषद् समक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ ।