Logo
|
Thursday 28th March 2024
Logo

epaper

सक्रिय संक्रमित् विस्तारै ओरालो लाग्दै, अव पाँच हजारको हाराहारीमा



जनस्वास्थ्य सरोकार, काठमाडौं । सबैभन्दा धेरै ४७ हजार जनासम्म पुगेको सकृय कोरोना भाइरस संक्रमितको संख्या पाँच हजार जनामा झरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पाँच हजार चार सय ८७ जना सक्रिय संक्रमित छन् ।


देशभर आइतवार चार सय २१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यो सँगै कुल संक्रमितको संख्या दुइ लाख ६१ हजार आठ सय ५९ पुगेको छ । आइतवार पाँच हजार आठ सय जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै देशभर पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ४८ हजार पाँच सय दुइ पुगेको छ । आइतवार थप आठ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या एक हजार आठ सय ७८ पुगेको छ । हाल देशभर तीन सय ६७ जना क्वारेन्टाइनमा रहेका छन् ।


आइतवार ६ सय ३७ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै देशभर संक्रमणमुक्त हुनेको संख्या दुइ लाख ५४ हजार चार सय ९४ पुगेको छ । आइतवार प्रदेश एकको झापामा दुइ, पाँचथरमा दुइ, भोजपुरमा एक, मोरङमा १३, सोलुखुम्बुमा एक र सुनसरीमा सात जनामा कोरोना पुष्टि भएको छ । प्रदेश दुइको धनुषामा तीन र महोत्तरीमा एक जनामा कोरोना देखिएको छ ।


यस्तै, वागमती प्रदेशको काठमाडौंमा मात्र एक सय ६० , काभ्रेमा दुइ, चितवनमा ९६, धादिङमा चार, नुवाकोटमा पाँच, भक्तपुरमा एघार, मकवानपुरमा दुइ, ललितपुरमा २६ र सिन्धुपाल्चोकमा एक जनामा कोरोना देखिएको छ । गण्डकी प्रदेशको कास्कीमा १५, गोरखामा तीन, तनहुँमा एक, नवलपरासी पूर्वमा दश, पर्वतमा एक, बागुलङमा एक र स्याङजामा एक जनामा कोरोना पुष्टि भएको छ ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा दुइ, कपिलवस्तुमा दुइ, दाङमा तीन, नवलपरासीमा चार, पाल्पामा सात, प्युठानमा एक, बर्दियामा एक, बाँकेमा दुइ, रुकुम पूर्वमा एक र रुपन्देहीमा १३ जनामा कोरोना देखिएको छ । सुदूरपश्चिम प्रदेशको अछाममा तीन, कञ्चनपुरमा नौ र कैलालीमा चार जनामा कोरोना संक्रमण देखिएको छ ।
हालसम्म देशभर दुइ सय ३४ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत छन् । जसअन्तर्गत् एक सय ९९ जना आइसियु र ३५ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश एकमा सात जना आइसियु र दुइ जना भेन्टिलेटरमा छन् । प्रदेश दुइमा एक जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् ।


बागमती प्रदेशमा ७० जना आइसियु र १८ जना भेन्टिलेटरमा, गण्डकीमा ५६ जना आइसियु र चार जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ४९ आइसियु र आठ भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
कर्णाली प्रदेशमा १४ जना आइसियु र एक जना भेन्टिलेटरमा, सूदुरपश्चिम प्रदेशमा तीन आइसियु र एक जना भेन्टिलेटरमा रहेका छन् । देशभर एक हजार नौ सय ६६ कोरोना संक्रमित होम आइसोलेसनमा छन् ।

प्रतिक्रिया दिनुहोस्