Logo
|
Friday 26th April 2024
Logo

epaper

देशभरको कुल संक्रमित मध्ये काठमाडौंमा मात्रै ४६ प्रतिशत



जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या एक लाख २२ हजार नाघेको छ । देशभरको कुल संक्रमित संख्या मध्ये यो ४६ प्रतिशत हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म काठमाडौं, ललीतपुर र भक्तपुरमा कुल संक्रमितको संख्या एक लाख २२ हजार ४१ पुगेको छ ।


हालसम्म काठमाडौंमा ९७ हजार सात सय ४८ जना, ललीतपुरमा १५ हजार तीन सय ५१ जना र भक्तपुरमा आठ हजार नौ सय ४२ जनामा संक्रमण देखिएको छ । काठमाडौं उपत्यकामा अहिलेसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या एक लाख १८ हजार तीन सय ५० पुगेको छ ।
सोमबार देशभर चार सय ३ जना कोरोना संक्रमित थपिएका छ । यो सँगै कुल संक्रमितको संख्या २ लाख ६२ हजार २ सय ६२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये पाँच हजार दुइ सय ८९ जना सक्रिय संक्रमित छन् ।


देशभर हाल दुइ सय ४३ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन् । स्वास्थ्य मन्त्रालयका अनुसार दुइ सय ९ जना आइसियु र ३४ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । प्रदेश एकमा सात आइसियु र एक भेन्टिलेटरमा छन् । प्रदेश दुइमा कोहिपनि संक्रमित आइसियु र भेन्टिलेटरमा नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


बागमती प्रदेशमा ६८ आइसियु र १४ भेन्टिलेटरमा, गण्डकीमा ६२ आइसियु र सात भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ५१ आइसियु र दश जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । कर्णाली प्रदेशमा १४ जना आइसियु र एक जना भेन्टिलेटरमा, सूदुरपश्चिम प्रदेशमा ७ आइसियु र १ जना भेन्टिलेटरमा रहेका छन् । यस्तै, देशभर हाल १ हजार ७ सय ७४ कोरोना संक्रमित होम आइसोलेसनमा छन् ।

प्रतिक्रिया दिनुहोस्