Logo
|
Friday 29th March 2024
Logo

epaper

कोरोना परीक्षणमा स्वास्थ्य मन्त्रालयको कडाई



जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ परिक्षण निर्देशिका अनुसार मात्र परिक्षण गर्न गराउन निर्देशन दिएको छ ।

कोभिड १९ संक्रमण पुष्टि भएपछि पनि स्वास्थ्यकर्मीको निगरानीमा रहन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको हो । कतिपय व्यक्तिहरु संक्रमण पुष्टि भई स्वास्थ्यमा गम्भीर हुँदासम्म समयमा स्वास्थ्यकर्मीको सम्पर्कमा नआउने र अस्पताल नपुग्दा उपचारमा जोखिम आउने अवस्था देखिएको भन्दै यस्तो अनुरोध गरेका हुन् ।


कोरोना संक्रमण पुष्टि भएका तर, लक्षण नदेखिएका व्यक्तिहरु दश दिन पछि बिना परिक्षण स्वास्थ्यका मापदण्ड अपनाई आफ्नो दैनिक जीवनमा फर्कन सक्ने स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

केहि व्यक्तिले अनावश्यक रुपमा परिक्षण गराउने गरेको विषयमा ध्यानाकर्षण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताउनुभयो । उहाँले संक्रमण पुष्टि भई आइसोलेसन सेन्टरमा भर्ना भई लामो समय बस्ने, पटकपटक परिक्षण गरिरहने र नतिजा नेगेटिभ नआएसम्म डिस्चार्ज गर्ने गराउने कारण नकारात्मक असर परिरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्