Logo
|
Friday 19th April 2024
Logo

epaper

थप ५२२ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा ५२२ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा ५७८ संक्रमित निको भएका छन् ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार ७८४ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार २२५ छ ।

पछिल्लो २४ घण्टामा ८ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ८९३ पुगेको छ ।

मन्त्रालयका अनुसार ५ हजार २२५ जना आइसोलेसनमा छन् । ३४२ क्वारिन्टिनमा बसेका तथ्यांकमा उल्लेख छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार कुल १९ लाख ५७ हजार ४५४ पीसीआर परीक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्