Logo
|
Thursday 25th April 2024
Logo

epaper

पछिल्लो २४ घण्टामा थप ४०९ मा कोरोना पुष्टि, ४९५ डिस्चार्ज



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४०९ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । यो अवधिमा ४९५ जना संक्रमित कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै बितेको २४ घण्टामा कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १८९९ पुगेको छ । हालसम्म नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ६३ हजार १९३ पुगेको छ ।

भने कोरोनाबाट निको हुनेको संख्या २ लाख ५६ हजार १६१ पुगेको छ त्यस्तै हाल सम्म सक्रिय सङ्क्रमितको संख्या ५ हजार १३३ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्