Logo
|
Friday 29th March 2024
Logo

epaper

नेपाल औषधि लिमिटेडको महाप्रवन्धकमा मोहम्मद सफिउल्लाह



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल औषधि लिमिटेडको महाप्रवन्धकमा मोहम्मद सफिउल्लाह नियुक्त हुनुभएको छ । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै फर्मासिस्ट सफिउल्लाहलाई महाप्रवन्धकमा नियुक्त गरेको हो ।
खुल्ला प्रतिस्पर्धाबाट महाप्रवन्धक छनौट गर्न मन्त्रालयले गत ३ भदौमा सूचना प्रकाशित गरी दरखास्त आव्हान गरेको थियो । उद्योग मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति र मनोनयन सम्बन्धी निर्देशिका, २०७७ अनुसार गठित सिफारिस समितिले सार्वजनिक गरेको सूचना अनुसार दरखास्त दिएकामध्ये अन्तिममा तीन जना छनौट गरी मन्त्रिरिषदमा पठाउने निर्णय भएको थियो । त्यसमा सफिउल्लाह सहित गुल्मीका अर्जुन अर्याल र ललितपुरका राजकुमार थापाको नाम पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्