Logo
|
Thursday 25th April 2024
Logo

epaper

विश्वभर कोरोना संक्रमणबाट ६ सय बढी पत्रकारको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । विश्वभर कोरोना संक्रमणबाट ६ सय भन्दा बढी पत्रकारको मृत्यु भएको छ ।

स्विजरल्याण्डस्थित प्रेस इम्बलम कंपेन नामको एक संस्थाले गरेको अध्ययनका अनुसार हालसम्म ५९ देशका ६०२ जना पत्रकारको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

सबैभन्दा बढी लेटिन अमेरिकामा ३०३ जना पत्रकारको मृत्यु भएको बताइएको छ । एसियामा १४५ जना र यूरोपमा ९४ जना पत्रकारको मृत्यु भएको पाइएको छ । यसैगरी उत्तर अमेरिकामा ३२ र अफ्रिकामा २८ जनाको कोरोनाबाट मृत्यु भएको जनाइएको छ ।

उता भारतमा अहिलेसम्म कोरोना संक्रमणमा परेर ५३ जना पत्रकारले ज्यान गुमाइसकेका छन्। उता बंगलादेशमा ४१ र पाकिस्तानमा २२ जना पत्रकारको ज्यान गएको उक्त रिपोर्टमा उल्लेख गरिएको छ ।

उक्त संस्थाले पत्रकारहरु पनि स्वास्थ्यकर्मी जस्तै कोरोना संक्रमणको उच्च जोखिममा हुने भएकाले खोप लगाउने बेलामा पत्रकारलाई पनि उच्च प्राथमिकतामा राख्न जोड दिएको छ ।

प्रतिक्रिया दिनुहोस्