Logo
|
Wednesday 24th April 2024
Logo

epaper

एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षा आगामी फागुन ९ र १० गते हुने



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले एमबीबीएस र बीडीएस उत्तीर्णहरुको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा आगामी फागुन ९ र १० गते लिने भएको छ ।

काउन्सिलले भोलि (सोमबार) बाट अनलाइन आवेदन फारम खुल्न लागेको जानकारी दिएको छ ।

आवेदन फारम २४ माघसम्म नियमित र २५ र २६ माघका दिन विलम्ब शुल्क तिरेर भर्न सक्नेछन् ।

चार चार महिनाको अन्तरमा हुने परीक्षा यसअघि कोरोनाका कारण नियमित तालिकामा हुन सकेको थिएन । अब भने त्यसलाई नियमित रुपमा सञ्चालन गर्ने योजनामा काउन्सिल रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्