Logo
|
Sunday 19th May 2024
Logo

epaper

दुइ करोड १६ लाख नागरिकलाई खोप लगाइने, अब छिट्टै समुदायस्तरमा खोप पुग्ने



जनस्वास्थ्य सरोकार, काठमाडौं । कोभिड-१९ को महामारी र कोभिशिल्डको प्रभावकारिता विषयक अन्तक्रिया कार्यक्रम भएको छ । स्वास्थ्य पत्रकार मञ्चको आयोजनामा भएको कार्यक्रममा विज्ञहरुले कोभिशिल्ड खोपको प्रभावकारिता राम्रो भएको भन्दै निर्धक्कका साथ लगाउन अपिल गरेका छन् ।
कोरोनाविरुद्धको खोप लगाएका व्यक्तिलाई विभिन्न असर देखिनु भनेको खोपले काम गरेको रुपमा बुझ्नुपर्ने विज्ञहरुको सुझाव छ ।
विज्ञहरुले खोप लगाएकालाई खोप लगाएको स्थानमा चस्किने, टाउको दुख्ने, ज्वरो आउने, शरीर दुख्ने, वाकवाकी लाग्ने लगायतका प्रतिक्रिया भएको बताउँदै यी समस्या सामान्य भएको बताउनुभयो ।


कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज राउतले कोरोना रोकथाममा नेपाल सरकारले आफ्नो तर्फबाट प्रभावकारी काम गरेको र यसको श्रेय स्वास्थ्यकर्मीलाई जाने बताउनुभयो । मन्त्री रावतले महामारीमा सरकारले केही गरेन भन्नेहरुलाई सोचेकोभन्दा धेरै काम गरेर देखाएको बताउनुभयो ।


राज्यमन्त्री रावतले हालसम्मको कार्य प्रगति नियाल्न आग्रह गर्नुभयो । नेपालमा २ करोड १६ लाख जनसंख्यालाई खोप लगाउने उदेश्य रहेको मन्त्री रावतले बताउनुभयो ।
खोप विज्ञ डा. श्यामराज उप्रेतीले कोभिशिल्ड खोप सबैले लगाउनुपर्ने बताउनुभयो । कार्यक्रममा परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले नेपालमा ल्याइएको कोरोना खोपका विषयमा कोही कसैले शंका गर्नुपर्ने अवस्था नभएको भन्दै सबैलाई ढुक्क भएर लगाउन आग्रह गर्नुभयो । विश्वका १६ देशमा लगाइरहेको यो ‘कोभिशिल्ड खोप’ अत्यन्त प्रभावकारी र सुरक्षित रहेको बताउनुभयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले फागुन २४ गतेदेखि समुदायमा खोप लैजाने तयारी मन्त्रालयको रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्