Logo
|
Friday 29th March 2024
Logo

epaper

पहिलो चरणमा लक्षित समुह मध्ये ८४ प्रतिशतले लगाए खोप



जनस्वास्थ्य सरोकार, काठमाडौं । कोरोना भाइरस संक्रमण विरुद्धको खोपको पहिलो मात्रा झण्डै सतप्रतिशतले लगाएका छन् । सरकारले चार लाख ३० हजार नागरिकलाई खोपको पहिलो मात्रा दिने लक्ष्य राखे अनुरुप हालसम्म चार लाख २८ हजार जनाले लगाएका छन् । यो कुल जनसंख्याको १ दशमलब ४२ प्रतिशत हो ।


सरकारले माघ ४ गतेदेखि कोभिड विरुद्धको खोप अभियान संचालन गरेको थियो । भारत सरकारले उपहार स्वरुप उपलब्ध गराएको कोभिसिल्ड खोप लगाइएको हो । पहिलो चरणमा लक्षित समूहमध्ये ८३ दशमलब ८० प्रतिशतले खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य सेवा विभाग परीवार कल्याण महाशाखा अन्तर्गत् खोप शाखा प्रमुख डा.झलक शर्मा गौतमका अनुसार अहिलेसम्म स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स तथा शव वाहन चालक, सरकारी कार्यालयका कर्मचारी, पत्रकार, स्थानीय निर्वाचित जनप्रतिनिधि, नेपालस्थित कूटनीतिक नियोगका कर्मचारी, युएन एजेन्सीका कर्मचारीले खोप लगाएका छन् ।


अहिले पहिलो चरणको तेस्रो प्राथमिकतामा परेका औषधि पसलमा कार्यरत कर्मचारी, ल्याब कार्यरत कर्मचारी र सफाइकर्मीलाई खोप लगाउने कार्य भइरहेको छ । सरकारले कुल जनसंख्याको ७२ प्रतिशत नागरिकले खोप अभियानमा सामेल गर्ने लक्ष्य राखेको छ । नेपालमा अक्सफोर्ड एस्ट्राजेनिका र सेरम इस्न्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप प्रयोग गरेको छ । दोस्रो मात्रा पहिलो मात्रा लगाएको आठ हप्ता पछि लगाइनेछ ।

प्रतिक्रिया दिनुहोस्