Logo
|
Friday 19th April 2024
Logo

epaper

विपन्नका लागि स्वास्थ्य नेपालको वृहत स्वास्थ्य शिविरः पाठेघर र नाक,कान,घाटिको समस्या



काठमाडौं,११ फागुन । विपन्नका लागि स्वास्थ्य नेपालले आयोजना गरेको वृहत स्वास्थ्य शिविरमा ३८५ जनाले स्वास्थ्य सेवा लिएका छन् । ती मध्ये ६२ जना बालबालिका,१४६ जना पुरुष र १७७ जना महिला रहेका छन् ।

निर्मल बाल विकास विद्यालय भिमसेनगोलामा भएको स्वास्थ्य शिविरमा कानको समस्या,पाठेघरको समस्या,मुटुसम्बन्धि समस्या भएका व्यक्तिहरुको उपचार गरिएको थियो ।

विपन्नका लागि स्वास्थ्य नेपालका मेडिकल संयोजक तथा बालरोग विशेषज्ञ डा. दिनेश कोइरालाले अपाङ्गता भएका व्यक्तिहरुको पनि उपचार गरिएको जानकारी दिनुभयो । उहाँले ती बालबालिकाहरुमा अधिकांशलाई डाउन सिन्ड्रोम देखिएको भन्दै अपाङ्गता (डाउन सेन्ड्रोम) भएका बालबालिकाहरुका लागि सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । डा. कोइरालाले बालबालिकाहरुमा डाउन सेन्ड्रोम सहित कतिपयलाई मुटुको समस्या रहेको जानकारी दिनुभयो ।

उक्त शिविरमा महिला स्वास्थ्य (गाईनो),बालबालिका,नाक,कान,घाँटी,अर्थोपेडिक,मुटु लगायतका समस्या भएका मानिसहरुले स्वास्थ्य सेवा लिएका थिए । विपन्नका लागि स्वास्थ्य नेपालका अध्यक्ष रत्न थापाले उक्त शिविरबाट २१३ जनाको इसिजी,१०३ जनाको इको गरिएको जानकारी दिनुभयो । उहाँले स्वास्थ्य शिविरमा निशुल्क औषधि समेत वितरण गरेको जानकारी दिनुभयो । स्वास्थ्य शिविरलाई नेपाल प्रहरी अस्पतालले प्राविधिक सहयोग गरेको थियो ।

शिविरमा छ जना महिलाको पाठेघरको शल्यक्रिया गर्नुपर्ने,१८ जनालाई हाडजोर्नीको समस्या देखिएको थियो । उक्त स्वास्थ्य शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराई, प्रसूति रोग विशेषज्ञ डा. रोजिना मानन्धर,डा. प्रकाश खनाल,डा. निरज कुमार सिंह,डा.श्याम पुजारीले विशेषज्ञ सेवा दिनुभएको थियो । यसैगरी डा. सरोज कार्की,विशाल गुरुङ,गणेश गिरी,डा. कृपेश लामिछाने,डा. दिपशिखा शाह,ममत भट्टराई,डा.गृष्मा उपे्रती र अर्जुन बाँनियाले स्वास्थ्य सेवा दिनुभएको थियो । नर्सिङ तर्फबाट स्वास्थय शिविरको नेतृत्व कोपिला श्रेष्ठ पालिखेले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्