Logo
|
Saturday 20th April 2024
Logo

epaper

डडेलधुरामा दूरबिनबाट पित्तथैलीको पत्थरीको सफल शल्यक्रिया



जनस्वास्थ्य सरोकार, डडेल्धुरा । डडेलधुरा अस्पतालमा ल्याप्रोस्कोपिक विधिबाट पित्तथैलीको पत्थरीको सफल शल्यक्रिया गरिएको छ। जिल्ला सदरमुकाममा रहेको अस्पतालमा पहिलो पटक मंगलबार दूरबिनबाट पित्तथैलीको पत्थरीको सफल शल्यक्रिया गरिएको हो।

अस्पतालका जनरल सर्जन डा. विजय श्रेष्ठ र एनेस्थेसियोलोजी तथा क्रिटिकल केयर प्रमुख डा.तीर्थराज भण्डारी नेतृत्वको चिकित्सकको टोलीले दूरबिनबाट पत्थरीको शल्यक्रिया गरेको हो।

अस्पतालमा पहिलो पटक ५४ वर्षीय पुरुष बिरामीको दूरबिनबाट पित्तथैलीको पत्थरीको सफल शल्यक्रिया गरिएको जनरल सर्जन डा. श्रेष्ठले जानकारी दिनुभयो ।

अस्पतालले गत असोजदेखि दूरबिन प्रविधिबाट पाठेघरको शल्यक्रिया गर्न थालेको थियो। त्यसपछि पुसमा एपेन्डिसाइटिसको पनि दूरबिनबाट शल्यक्रिया गरिएको थियो। अस्पतालमा पित्तथैलीको पत्थरीको भने ल्याप्रोस्कोपिक विधिबाट शल्यक्रिय गरिएको यो पहिलो पटक हो।

पित्तथैलीमा पत्थरी भएको कुरा सामान्य अवसस्थामा कुनै लक्षण देखा पर्दैन। तर पित्तथैलीको पत्थरी बढ्दै गएमा लक्षणहरु देखिन थाल्ने चिकित्कसहरुको भनाइ छ। माथिल्लो पेट र पिठियुँ दुख्ने, पेट पोल्ने, वाकवाकी लाग्ने, बान्ता हुने बढी ग्यासले पेट भारी हुने जस्ता लक्षण देखिने डा. श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्