Logo
|
Friday 26th April 2024
Logo

epaper

कोभिड-१९ विरुद्धको खोप लगाएपछि के खाने, के नखाने ?



जनस्वास्थ्य सरोकार । कोरोना भाइरस विरुद्धको खोप लगाउनुअघि वा लगाएपछि निश्चित खाना खाँदा खोपको प्रभावकारीता घटबढ नहुने चिकित्सकहरु बताउँछन् । सामान्यतया सधैँ खाइरहेको खाना खाँदा समस्या नहुने चिकित्सकहरुको भनाइ छ ।


हालसम्म नेपाल लगायत संसारका अन्य मुलुकमा पनि कोभिडको खोप लगाएपछि मानिसहरूलाई ज्वरो आए जस्तो हुने, जिउ दुख्ने वा बिसन्चो हुने जस्ता लक्षणहरू देखिएको पाइएको छ। विश्व स्वास्थ्य सङ्गठनले पनि कोभिड खोप लगाएपछि यस्ता लक्षण देखिन सक्ने तर हानिकारण नभएको जनाएको छ ।

खोप लगाइसकेपछि शरीरमा पानीको मात्रा कम भएको हुन सक्ने कुरामा ध्यान दिनुपर्छ। त्यस्तै मद्यपानले शरीरमा पानी कम हुने अवस्था सिर्जना गर्ने र रोग प्रतिरोधी प्रणालीलाई कमजोर बनाइदिन्छ भन्ने पुराना अध्ययनहरूले देखाएको कारण मदिरा सेवन नगर्नु उचित हुने सङ्क्रामक रोग विशेषज्ञ डा. अनूप सुवेदी बताउनुहुन्छ ।

डा. सुवेदी भन्नुहुन्छ’-मद्यपान कुनै पनि बेला गर्नु राम्रो होइन। खोप लगाएको बेला वा त्यसको वरपर गर्नु झन् राम्रो भएन ।’

नेपालमा सामान्य रूपमा खाइने खानेकुरा खाँदा फरक नपर्ने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारी बताउँनुहुन्छ ।

उहाँले भन्नुभयो- ‘खोप लगाउँदा एक-दुई दिन मद्यपान नगर्नूस् नै भन्छौँ। खोप दिइसकेपछि रोग प्रतिरोधात्मक क्षमता शरीरमा विकास हुनलाई दुई हप्ताजति समय लाग्छ। त्यो बीचमा नगर्नूस् नै भन्छौँ।’ बीबीसीबाट साभार

प्रतिक्रिया दिनुहोस्