Logo
|
Tuesday 19th March 2024
Logo

epaper

अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार प्राप्त मुस्कान खातुनले भनिन्ः ‘ यही दागको कारण म विश्वमा चिनिए’



जनस्वास्थ्य सरोकार, काठमाडौं । एसिड आक्रमणमा परेकी पर्साकी मुस्कान खातुनले अमेरिकी सरकारले प्रदान गर्दै आएको अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गरीएको छ । खातुनलाई प्रदान गरिएको पुरुस्कारको औपचारिक घोषणा भर्चुअल कार्यक्रम मार्फत गरिएको छ ।


अमेरिकी प्रथम महिला जिल बाइडन र विदेश मन्त्री टोनी ब्लिंकनले मुस्कान खातुनलाई पुरस्कृत गरिएको औपचारिक घोषणा गर्नुभएको हो । अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कारको औपचारिक घोषणा हुनु अघि पत्रकारसँगको भेटघाटमा मुस्कानले एसिड आक्रमणका कारण अनुहारमा बसेको दागलाई चोटको रुपमा नभएर शक्तिको प्रतीक बनाएर अगाडि बढ्ने बताउनुभयो ।

उहाँले यही दागको कारणले म विश्वमा चिनिएको भन्दै अब कमजोरीको रुपमा नभएर शक्तिको रुपमा लिएर अघि बढ्ने बताउनुभयो । तेजाब हमला अन्त्यका लागि लक्षित मुस्कानको कार्यका लागि अमेरिकी सरकारले अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार प्रदान गरेको हो । अमेरिकी राजदूत रेन्डी बेरीले तेजाब हमलासम्बन्धी अपराधीहरूलाई दण्डित गर्न तथा रसायनको बिक्रीलाई नियमन गर्नका लागि अध्यादेश जारी गराउन मुस्कानको महत्त्वपूर्ण भूमिकाको कारण पुरस्कृत गरिएको बताउनुभयो ।


शान्ति, न्याय, मानव अधिकार, लैंगिक समानता र महिला सशक्तीकरणको वकालत गर्ने तथा असाधारण साहस तथा नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलाहरुलाई अमेरिकाले आईडब्ल्यूओसी पुरस्कारले सम्मान गर्दै आएको छ । प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै एक किशोरले पर्सा वीरगञ्जकी मुस्कानलाई २०७६ साल भदौमा एसिड आक्रमण गरेका थिए । मुस्कान यो पुरस्कारसंगै विश्वमा चिनिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्