Logo
|
Thursday 18th April 2024
Logo

epaper

तनहुँमा १७ हजार ज्येष्ठ नागरिकले लगाए काेभिड खोप



जनस्वास्थ्य सरोकार, तनहुँ । तनहुँको भीमाद नगरपालिका–९ अस्पाक्दी निवासी ९१ वर्षीया तिलीसरा आले लौरी टेक्दै रिठाभञ्ज्याङमा रहेको आधारभूत स्वास्थ्य केन्द्रमा पुगे। त्यहाँ रहेको कोरोनाको खोप केन्द्रमा उहाँलाई स्वास्थ्यकर्मीले ‘कोभिशिल्ड’ लगाइदिए। खोप लगाएपछि स्वास्थ्य केन्द्रसँगै रहेको वडा कार्यालयमा उहाँले आधा घण्टा टेलिभिजन हेरेर बिताए। वडाले खबर गरेपछि ढुक्क भएर खोप लगाउन आएको उनको भनाइ छ। सबैले लगाएको खोप लाउनलाई केका डरु, उनले भने।

शुक्लागण्डकी–३ कवासेका ७२ वर्षीय कमलराज शर्मा पौडेलले दुलेगौँडा बजारमा रहेको खैरेनीटार स्वास्थ्यचौकीमा पुगेर खोप लगाउनुभयो।

पहिला ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउनेभन्दा उनलाई शङ्का लाग्याथ्यो रे।ुपहिला त सरकारले ६५ वर्ष माथिकालाई खोप दिने भन्दा केही खतरा भएर मरेनी यिनै बूढाबूढी पहिला मरुन् भनेर होला कि भन्ने शङ्का नि थियो। पछि ठूलाठूला मान्छेले नि लगाए रे भनेसी त्यस्तो होइन भन्ने भोु, उनले भने, ुआज त आफैँले पनि ढुक्क भएर खोप लगाएको छु।ु खोप लगाएपछि कोरोना लाग्दैन भन्ने उनलाई लागेको छ।

फागुन २३ गतेदेखि दोस्रो चरणको पहिलो प्राथमिकतामा परेका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई ‘कोभिशिल्ड’ लगाउने अभियान देशभर चलेको छ।

सोहीअनुसार तनहुँमा पनि खोप अभियान चलेको छ। खोप लगाउन तोकिएको खोप केन्द्रसम्म उत्साहका साथ ज्येष्ठ नागरिक लौरीको सहारामा आएका छन्। कतिलाई आफन्तले खोप लाउन डोर्‍याउँदै ल्याएको देखिन्छ।

ज्येष्ठ नागरिकलाई असहज नहोस् भनेर खोप केन्द्रमा पनि बसाइको व्यवस्था मिलाइएको छ। कतिपय स्थानमा खोप केन्द्र टाढा हुँदा सास्ती भोग्नुपरेको छ। ग्रामीण भेगमा नजिक स्वास्थ्य केन्द्र नहुँदा बुढेसकालमा घण्टौँको बाटो पैदल हिँडेर पुग्नुपर्ने बाध्यता छ।

खोप लगाउन ज्येष्ठ नागरिकको सक्रिय सहभागिता रहेको शुक्लागण्डकी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले बताए। उनले भने, ुबूढाबूढीलाई पनि सरकारले प्राथमिकता दिएर खोप लगाउन दियो भन्दै खुशी व्यक्त गर्नुभएको छ।ु

तनहुँमा फागुन २३ गतेदेखि २७ गतेसम्म व्यास नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, देवघाट गाउँपालिकामा र फागुन २८ गतेदेखि शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका र म्याग्दे गाउँपालिकामा खोप अभियान चलिरहेको छ।

१७ हजार ज्येष्ठ नागरिकलाई खोप

नौ दिनको अवधिमा जिल्लाका १७ हजारभन्दा बढी ज्येष्ठ नागरिकलाई कोभिशिल्ड खोप लगाइएको छ। पहिलो चरणमा फागुन २३ गतेदेखि २७ गतेसम्म पाँच पालिकाका नौ हजार २६७ जनालाई खोप लगाइएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ।

कार्यालयका कोल्डचेन असिस्टेन्ट वीरेन्द्रकुमार चौधरीका अनुसार पहिलो चरणमा व्यास नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकाका नौ हजार २६७ लाई खोप लगाइएको छ।

दोस्रो चरण फागुन २८ गतेदेखि चैत २ गतेसम्म शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका र म्याग्दे गाउँपालिकाका सात हजार ७४६ जनालाई खोप लगाइएको छ। यस अवधिमा १५ हजारभन्दा बढी नागरिकलाई कोभिडविरुद्धको खोप लगाउने लक्ष्य भए पनि लक्ष्यभन्दा बढीलाई खोप लगाइएको कार्यालयले जनाएको छ।

दश पालिकामा खोप लगाउनका लागि ९४ खोप केन्द्र निर्धारण गरिएको थियो। यसक्रममा २६६ स्वास्थ्यकर्मी र ४२५ स्वयंसेवक परिचालन गरिएको छ। खोप अभियान आज पनि जारी रहने कार्यालयले जनाएको छ।

सबै पालिकामा खोप अभियानको चिकित्सकसहित एइएफआई टिम परिचालन गरिएको छ। तनहुँमा पहिलो चरणमा चार हजार ९६७ जनाले खोप लगाएका थिए।

पहिलो चरणमा अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मी, कर्मचारी, जनप्रतिनिधि, पत्रकारलगायतलाई खोप लगाइएको थियो। रासस

प्रतिक्रिया दिनुहोस्