Logo
|
Thursday 25th April 2024
Logo

epaper

स्वस्थ यौन जीवनको राज



जनस्वास्थ्य सरोकार, काठमाडौँ । यौनक्रियालाई वैवाहिक जीवनको एक आधार मात्र मानिंदैन, यसले हाम्रो स्वास्थ्य ठीक राख्न पनि त्यत्तिकै महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको हुन्छ । पटकपटक यौनक्रिया गर्नाले पुरुषको प्रजनन क्षमता प्रभावित हुने भ्रम कतिपय मानिसको मनमा रहेको पाइन्छ । तर यस्तो होइन । पटकपटक गरेको स्वस्थ यौनक्रियाले तपाइ फ्रेस महसुस गर्नुहुन्छ । यति मात्र होइन स्वास्थ्यको दृष्टिकोणले यो निकै लाभदायी मानिन्छ । आखिर स्वस्थ यौनक्रिया किन आवश्यक छ ? कुन कुन कुरामा यो लाभदायक छ ?
प्रतिरोधात्मक क्षमता बढाउने
तपाइले आफ्नो कतिपय विवाहित साथीलाई कहिल्यै बिरामी नभएको देख्नुभएको होला । यसको राज उनीहरुको स्वस्थ यौनक्रिया हुन सक्दछ । नियमित यौनक्रिया गर्नाले शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढ्छ । नियमितको यौनक्रियाले शरीरमा इम्यूनोग्लोबीन ए बढ्छ र हामीलाई कोल्ड इन्फेक्सनका साथै अन्य रोगहरुबाट बचाउन मद्दत गर्छ ।
तनाव टाढा राख्ने
हेल्दी सेक्सले तपाईंलाई जीवनसाथीको नजिक ल्याउँछ र तनावबाट टाढा राख्दछ । एक हप्तामा न्यूनतम पनि दुईदेखि तीन पटक यौनक्रिया गर्न उचित मानिन्छ । यसले रक्तचाप ठिक रहन्छ साथै तनावको स्तर कम हुन्छ र हामी धेरै खुशी रहन्छौ ।
मुटुको रोगबाट टाढा राख्ने
नियमितको यौनक्रियाले रक्तचाप नियन्त्रण हुनुको साथै कोलेस्टोरेलको स्तर पनि ठिक रहन्छ । यौनक्रियाको समयमा मुटुको धड्कन बढ्छ र रक्तसञ्चार राम्रोसँग हुन्छ । त्यसैले नियमित रुपमा गरिने यौनक्रियाले हृदयघातको खतरा पनि कम हुन्छ ।
भावनात्मक सन्तुष्टि दिने
दिनभरको भाग दौड र कार्यालयको कामपछि यौनक्रिया गर्नाले थकान टाढा हुनुका साथै मानसिक सन्तुष्टि मिल्छ । अमेरिकाको टेक्सास यूनिवर्सिटीको एक अनुसन्धानले नियमित यौनक्रिया गर्ने व्यक्तिको आत्मसम्मान बढ्ने देखाएको छ । यदि कार्यालयको बोझले श्रीमानलाई सताइरहेको छ भने उनको यो समस्या तपाईं यौनक्रियाको माध्यमबाट केही हदसम्म घटाउन सक्नुहुन्छ ।
शारीरिक तौल घटाउने
करिब आधा घण्टा यौनक्रिया गर्नाले शरीरको ८० प्रतिशत क्यालोरी नष्ट हुन्छ । नियमित रुपमा आधा घण्टाको यौनक्रियाले आफ्नो बढ्दो तौलमा रोक लगाउन सकिन्छ । यसबाट मोटोपनबाट हुने विभिन्न रोगबाट मुक्ति पाउन मद्दत मिल्छ ।
राम्रोसँग निन्द्रा पर्ने
यदि तपाइ अनिन्द्राको शिकार हुनुहुन्छ भने नियमित यौनक्रिया गर्नुस् । यस किसिमको समस्याबाट बच्न सक्नुहुन्छ । यौनक्रियाको समयमा शरीरबाट निस्कने आक्सिटोसिन हर्माेन निन्द्राको लागि धेरै प्रभावकारी हुने विभिन्न शोधहरुले देखाएका छन् । यौनक्रिया गर्नाले शरीर पूर्णरुपमा हल्का हुन्छ र सबै कुरा भूलेर तपाईंलाई राम्रो निन्द्रा पर्छ
सम्बन्ध बलियो बनाउने
वैवाहिक सम्बन्ध बलियो बनाउन आफ्नो जीवनसाथीसँग नियमित रुपमा यौनक्रिया गर्नुपर्छ । यौनक्रियाले सन्तुष्टी दिलाउँछ र आफ्नो जीवन साथी पनि नजिक आउँछन् ।
प्रोष्टेट क्यान्सर कम गर्ने
नियमित यौनक्रिया गर्नाले तपाईंले आफ्नो जीवनसाथीलाई प्रोस्टेट क्यान्सरबाट बचाउन सक्नुहुन्छ । प्रोष्टेट क्यान्सर पुरुषलाई मात्र हुने क्यान्सर हो । ४० वर्ष उमेर माथिका पुरुषलाई यो क्यान्सर धेरै हुने गरेको पाइन्छ । बढ्दो उमेरसँगै पुरुषमा प्रोस्टेट क्यान्सरको खतरा पनि बढ्ने एक अध्ययनले देखाएको छ । त्यसैले हप्तामा ५ दिन यौनक्रिया गर्नाले प्रोष्टेट क्यान्सर कम गर्न मद्दत मिल्छ ।
यौन क्षमता बढ्ने
नियमित रुपमा यौनक्रिया गर्ने पुरुषको यौन क्षमता बढ्ने विभिन्न शोधहरुबाट पत्ता लागिसकेको छ । नियमित यौनक्रिया गर्नाले स्वस्थ स्पर्म रिलिज भइरहेको हुन्छ । यसबाट बैवाहिक जीवन धेरै राम्रो हुन्छ ।
स्वस्थ जीवन
नियमित यौनक्रिया गर्ने महिलाको मांशपेशी बलियो हुन्छ र शारीरिक दन्दुरुस्त रहन मद्दत मिल्छ । नियमित यौनक्रिया गर्नाले महिलाको हड्डीसम्बन्धि रोग कम हुँदै जान्छ । महिलाहरुमा कम्मरको आसपास धेरै दुःख्ने समस्या हुन्छ । यसको कारण पेल्विक फ्लोर मसल्स कमजोर भएका कारणले हो । यो समस्याबाट छुटकारा पाउन पनि महिलाले नियमित रुपमा यौनक्रिया गर्नुपर्छ । नियमित रुपमा यौनक्रिया नगर्ने महिलाहरुमा मेनोपोज भएर अन्त्यमा अस्टियोपोरोसिसको समस्या हुन सक्छ ।
धूमपानबाट छुटकारा
धूमपानले पुरुषको यौन प्रजनन क्षमतामा कमी आउने विभिन्न अनुसन्धानबाट पत्ता लागिसकेको छ । यसले गर्दा उसलाई इन्फर्टिलिटीको समस्या हुन सक्दछ । जीवनसाथीसँग नियमित यौनक्रिया गरेर उसलाई धूमपानबाट पर्ने प्रभावको अनुभव दिलाउनुपर्छ । यसरी आफ्नो जीवनसाथीको मनमा बिस्तारै यौनक्रियाको इच्छा बढाएर धूमपानको आदत कम गराउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्