Logo
|
Saturday 20th April 2024
Logo

epaper

आजदेखि ललितपुरका ५ वटा निजी अस्पतालहरुबाट सर्वसाधारणलाई निःशुल्क कोरोनाको खोप



जनस्वास्थ्य सरोकार, ललितपुर । सर्वसाधारणले आज र भोलि ललितपुरका ५ वटा निजी अस्पतालहरुबाट निःशुल्क कोरोनाको खोप लगाउँदै छन् ।

अत्यधिक सर्वसाधारणको खोप पहुँच पुर्याउने उद्देश्यले ललितपुर जिल्ला प्रशासन कार्यालयले जिल्लाका ५ वटा निजी अस्पतालहरबाट शनिबार र आइतबार सो सुविधा उपलब्ध गराएको हो ।


यसरी खोप उपलब्ध गराउने अस्पालहरुमा सानेपास्थित स्टार हस्पिटल, अल्का, सुमेरू, मेडिसिटी र निदान अस्पताल रहेका छन् । १८ वर्ष पुगेका र ५९ वर्ष ननाघेका नागरिकहरूले बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म लगाउन पाउनेछन्।
पहिलो चरण अन्तर्गत सर्वसाधारणले चीन सरकारले उपलब्ध गराएको भेरोसेल खोप जिल्लाका सर्वधारणले लगाउन पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्