Logo
|
Friday 29th March 2024
Logo

epaper

शहरी क्षेत्रका विद्यालयहरुमा भर्चुअल अध्ययन गराउन सीसीएमसीको मन्त्रीपरिषद्लाई सिफारिस

आइतबार र सोमबार बस्ने मन्त्रीपरिषद्ले निर्णय गर्ने



जनस्वास्थ्य सरोकार, काठमाडौं । कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले शहरी क्षेत्रका विद्यालयमा अध्ययरत विद्यार्थीहरुको भौतिक उपस्थिति रोकेर आगामी वैशाख मसान्तसम्म भर्चुअल अध्ययन अध्यापन गराउन मन्त्रीपरिषद्लाई सिफारिस गरेको छ ।

शनिबार सिंहदरवारमा बसेको सीसीएमसीको बैठकले कोरोना जोखिम बढेको समिक्षा गर्दै रोग न्युनिकरणका लागि सहरी क्षेत्रका विद्यालयहरुमा भर्चुअल अध्ययन अध्यापन गराउन सिफारिस गरेको हो । आइतबार र सोमबार बस्ने मन्त्री परिषद्ले सो निर्णय गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्