Logo
|
Thursday 25th April 2024
Logo

epaper

डान्सबार र दोहोरी साँझ अर्को सुचना नहुँदासम्म बन्द गर्ने सीसीएमसीको निर्णय, रेष्टुरेन्ट १० बजेपछि

पार्टी, सभा, समारोह तथा गोष्ठी र भेला पूर्णरुपमा रोक



जनस्वास्थ्य सरोकार, काठमाडौं । कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले पार्टी, सभा, समारोह तथा गोष्ठी र भेलालाई पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ भने कोरोनाको जोखिम उच्च हुँदै गएपछि सरकारले डान्सबार दोहोरी साँझहरु अर्को सूचना जारी नहुँदासम्मका लागि बन्द गर्नुपर्ने निश्कर्ष निकालेको छ ।


रेष्टुरेन्टहरुको हकमा भने सुरक्षा मापदण्ड अपनाएर राति १० बजेसम्म खोल्न दिने र त्यसपछि भने बन्द गर्नुपर्ने सीसीएमसीले मन्त्री परिषद्लाई सिफारिस गरेको छ । यसअघि स्वास्थ्य मन्त्रालयले राति ९ बजेपछि रेष्टुरेन्टहरु बन्द गर्न अपील गरेको थियो । काठमाडौं लगायत १४ जिल्लालाई अति जोखिमयुक्त घोषणा गरिएको छ ।


यसैगरी सवारी साधान,कार्यालय,सार्वजनिक स्थानहरुमा कडा रुपमा स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गराउन पनि सीसीएमसीले सरकारलाई सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस्