Logo
|
Thursday 16th January 2025
Logo

epaper

यही वैशाख ६ र ७ गते भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइँदै

स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न मन्त्रालयको आग्रह



फाइल फोटो

जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले यही वैशाख ६ र ७ गते ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउदै छ ।

आफूलाई पायक पर्ने वितरण केन्द्रमा गएर बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन स्वास्थ्य मन्त्रालयले सबै अभिभावकहरुलाई आग्रह गरेको छ ।


६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए क्याप्सुल र एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुका दुवैको औषधि खुवाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ६ गते खान छुटेकालाई ७ गते खुवाउन सकिने छ ।

सरकारले हरेक वर्ष बालबालिकाहरुलाई राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधि खुवाउने गर्दै आएको छ ।

यस वर्ष कोरोना संक्रमणको जोखिम रहेकाले औषधि खुवाउने ठाउँसम्म जाँदा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गराउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

वितरण केन्द्रमा भिडभाड नगर्न, एक व्यक्ति र अरु व्यक्तिबीच कम्तिमा दुई मिटरको भौतिक दुरी कायम गर्न, अनिवार्य रुपमा मास्क प्रयोग गर्न, साबुन पानीले पटक पटक हात धुन वा सेनिटाइजर प्रयोग गर्न मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्