Logo
|
Tuesday 19th March 2024
Logo

epaper

शिक्षकमा कोरोना देखिएपछि रत्नराज्य माध्यमिक विद्यालय बन्द



जनस्वास्थ्य सरोकार, काठमाडौँ । शिक्षकमा कोरोना संक्रमण देखिएपछि काठमाडौँको मध्यवानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालय बन्द गरिएको छ । संक्रमण फैलिन नदिन एक साता विद्यालय बन्द गरिएको प्रधानाध्यापक रामाशिष यादवले जानकारी दिनुभयो ।

उहाँका अनुसार विद्यालयको बिहानी शैक्षिक सत्रका शिक्षकमा कारोना संक्रमण पुष्टि भएपछि आइतबार (आज) पहिलो पिरियड पढाएर एक हप्ताको लागि विद्यालय बन्द गरिएको छ ।


‘एक जना शिक्षकमा कोरोना देखिएपछि विद्यालय व्यवस्थापन समिति र प्रशासनको सल्लाहमा विद्यालय बन्द गर्ने निर्णय गर्‍यौँ ।’ उहाँले भन्नुभयो ‘अरु शिक्षकको पनि पीसीआर गर्न पठाएका छौँ ।’

काठमाडौँ महानगरपालिकाले पनि वैशाख ३ गते सूचना जारी गरी कोरोना संक्रमण देखिएका विद्यालय कम्तिमा एक साताको लागि बन्द गर्न आग्रह गरेको थियो ।

महानगरले संक्रमण नदेखिएका विद्यालयमा स्वास्थ्य मापदण्डका नियम कडाईका साथ पालना गरी पठनपाठन गर्न भनेको छ ।

यसअघि प्रर्दशनी मार्गमा रहेको पद्मोदय माध्यामिक विद्यालय, नक्सालमा रहेको नन्दीरात्री माध्यमिक विद्यालय र चावहिलमा रहेको मित्र आधारभूत विद्यालयका शिक्षक तथा विद्यार्थीहरुमा संक्रमण देखिएपछि विद्यालय बन्द गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्