Logo
|
Tuesday 19th March 2024
Logo

epaper

नेपालमा एकैदिन १०९६ जनामा कोरोना पुष्टि



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १०९६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ५०८४ पिसिआर परीक्षणबाट १०१५ र ६९९ एन्टीजेनबाट ८१ जनामा संक्रमण पुष्टि भएको हो।

काठमाडौं उपत्यकामा सर्वाधिक ४३५ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये ३२६ जना काठमाडौँमा, ६४ जना ललितपुर तथा ४५ जना भक्तपुरका रहेका छन् । पछिल्लो २४ घन्टामा २६२ जना संक्रमणमुक्त भएका छन्।

यस्तै मन्त्रालयका अनुसार कोरोनाबाट थप ८ जनाको मृत्यु भएको छ। यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ८३ पुगेको छ। मन्त्रालयका अनुसार हाल ६ हजार २९० कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै हाल ८५ जना क्वारेन्टाइनमा र ६ हजार २९० जना आइसोलेसनमा छन्। ११६ जना आइसीयूमा र ४६ जना भेन्टिलेटरमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्