Logo
|
Saturday 20th April 2024
Logo

epaper

मन्त्री परिषद्को निर्णयः शहरी र जोखिम जिल्लाका विद्यालय बैशाख मसान्त सम्म बन्द



जनस्वास्थ्य सरोकार, काठमाडौं । सरकारले शहरी क्षेत्र र संक्रमणको जोखिम भएका जिल्लाका विद्यालयमा अध्ययरत विद्यार्थीहरुको भौतिक उपस्थिति रोकेर आगामी वैशाख मसान्तसम्म भर्चुअल अध्ययन अध्यापन गराउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसमा सो निर्णय गरेको हो ।

स्वास्थ्य मन्त्रालयले काठमाडौं, भक्तपुर, ललितपुरसहित १५ सहरका विद्यालय बन्द गर्नुपर्ने सुझाएको छ । मन्त्रालयले काठमाडौं, ललितपुर, कास्की, रूपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरेको छ ।

बैशाख मसान्तसम्म भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधिहरु अपनाइ संचालन गर्ने, मेडिकल शिक्षाको प्रयोगात्मक कक्षा र पूर्वनिर्धारित परिक्षा जनस्वास्थ्यका मापदण्ड अपनाइ संचालन गर्ने सरकारले निर्णय गरेको छ । एसईई परीक्षाबारे भने मन्त्रिपरिषद्ले कुनै निर्णय गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्