Logo
|
Thursday 25th April 2024
Logo

epaper

चिरायु हस्पिटलमा हेमोडायलाईसिस सेन्टर र हाइपर एक्युट स्ट्रोक युनिट शुरु



जनस्वास्थ्य सरोकार । काठमाडौंको बसुन्धराचोकस्थित चिरायु नेशनल हस्पिटलले बिरामीहरुको सुविधालाई ध्यानमा राखेर हेमोडायलाईसिस सेन्टर र हाइपर एक्युट स्ट्रोक युनिट शुरु गरेको छ । नेपाल सरकारका मुख्य सचिव शंकर दास बैरागीले उक्त युनिट उद्घाटन गर्नुभएको हो ।

हस्पिटलमा बिरामीहरुले २४ सै घण्टा इमर्जेन्सी डायलाईसिस, आईसियू डायलाईसिस र मेन्टेन्ट डायलाईसिसको सुविधा प्राप्त गर्नसक्ने अस्पतालका मेडिकल डाइरेक्टर एवं वरिष्ठ युरोसर्जन प्रा.डा. उत्तम शर्माले जानकारी दिनुभयो ।

हाल अस्पतालमा ४ वटा डायलाईसिस मेसिन रहेको र दिनमा १२ जनासम्मले डायलाईसिस सेवा प्राप्त गर्नेछन् । आगामी दिनहरुमा यसलाई थप्दै जाने अस्पतालको योजना रहेको अस्पतालका कन्सल्यान्ट नेफ्रोलोजिष्ट डा. उपेन्द्र जोशीले जानकारी गराउनुभएको छ । यसैगरी अस्पतालमा न्युरोसाइन्सेस विभाग शुरु भएको छ ।

यहाँ हाइपर एक्युट स्ट्रोक भएर ३ घण्टाभित्र अस्पताल आइपुगेमा बिरामीलाई प्यारालाईसिस हुनबाट जोगाउन सकिने छ । साथै तालिमप्राप्त र्यापिड न्युरो आईसियू सेवा, ३० मिनेटभित्र अस्पताल आइपुगेमा थ्रोम्बोलाईसिसको सुविधासमेत रहेको वरिष्ठ न्युरोलोजिष्ट डा. लेखजंग थापाले बताउनुभयो ।

बिरामीहरुको स्वास्थ्य स्थितिलाई मध्यनजर गर्दै थप सेवा सुविधा उपलब्ध गराउन अस्पतालको ७ औं वार्षिकोत्सवको अवसर पारेर औपचारिक रुपमा हेमोडायलाईसिस सेन्टर र न्युरो साइन्सेस विभाग शुरु गरेको अस्पतालका अपरेशन डाइरेक्टर चण्डेश्वर वैद्यले जानकारी दिनुभयो । चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युट प्रा.लि. २०७० सालदेखि निरन्तर बिरामीहरुको सेवामा समर्पित छ ।

प्रतिक्रिया दिनुहोस्