Logo
|
Saturday 20th April 2024
Logo

epaper

सोमबार रातिदेखि नयाँदिल्लीमा एक साता लकडाउन



जनस्वास्थ्य सरोकार । भारतको राजधानी नयाँदिल्लीमा सोमबार रातिदेखि लागू हुने गरी एक साताको लागि लकडाउन घोषणा गरिएको छ ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले अर्को सोमबार बिहानसम्म लकडाउन गर्ने निर्णय भएको जानकारी दिनुभयो । पछिल्लो समय निरन्तर कोरोना संक्रमण बढेको भन्दै उहाँले सर्वसाधारणलाई लकडाउनको पालना गर्न आग्रह गर्नुभएको छ ।

एक साताको लकडाउनको क्रममा मानिसहरुलाई घरभित्रै बस्न आग्रह गरिएको छ । अत्यावश्यक सेवा भने अवधिमा पनि सञ्चालन हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्