Logo
|
Friday 19th April 2024
Logo

epaper

कोरोना ग्राफ उकालो चढ्दै, एकैदिन १२८१ जनामा संक्रमण पुष्टि



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार २ सय ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा देशभर सात हजार १ नमूनाको पिसिआर परीक्षण गर्दा एक हजार २ सय २७ जनामा र ५४७ जनाको एन्टिजेन परीक्षण गर्दा ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जानकारी दिएको छ । यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ८५ हजार ९०० पुगेको छ ।

गत २४ घण्टामा २५५ जना संक्रमणमुक्त भएका छन । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७५ हजार ५५५ पुगेको मन्त्रालयले जनाएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा आठ जनाको मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार ९१ जना पुगेको छ । यस्तै देशभर ८१ जना क्वारेन्टाइनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्