Logo
|
Saturday 20th April 2024
Logo

epaper

कोरोनाविरुद्धको दोस्रो चरणको खोप आजदेखि शुरु

राजधानीका यी हस्पिटलहरुबाट खोप दिइने



जनस्वास्थ्य सरोकार, काठमाडौं । कोरोना भाइरस (कोभिड—१९) विरुद्धको दोस्रो चरणको खोप आजदेखि लगाइँदैछ । पहिलो चरणमा खोप लगाएकहरु दोस्रो चरणमा सहभागी हुनेछन् । पाँच दिनसम्म लगाइने दोस्रो चरणको खोप वैशाख ११ गतेसम्म जारी रहनेछ ।

२०७७ माघ १४ गतेदेखि फागुन १० गतेसम्म पहिलो चरणको खोप अभियान शुरु भएको थियो । पहिलो चरणमा स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कुटनीतिक नियोगका कर्मचारी, सार्वजनिक संस्थान तथा बैंक र बित्तिय संस्थामा कार्यरत कर्मचारीहरुलाई दिइएको थियो ।

पहिलो चरणमा ४ लाख ३८ हजार ८ सय ७९ जनाले कोरोनाविरुद्धको कोभिशिल्ड खोप लगाएका थिए । खोप अभियान मुलुकभर सञ्चालन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । खोप लगाउन पहिलो चरणमा लगाएको खोप कार्ड लिएर जानुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्