जापानले ल्यायो पाँच मिनेटमै कोरोना सङ्क्रमण भए नभएको थाहा पाउने प्रविधि
जनस्वास्थ्य सरोकार, काठमाडौँ । जापानका अनुसन्धानकर्मीहरूले पाँच मिनेटमै कोभिड-१९ को सङ्क्रमण भए नभएको बारेमा थाहा पाउने प्रविधि ल्याएका छन् ।
जापानको रिकेन रिसर्च इन्स्टिच्युट र युनिभर्सिटी अफ टोकियोका अनुसन्धानकर्मीहरूले कोभिड जाँचका लागि नयाँ प्रविधिको विकास गरेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।
जापानलगायत अहिले अधिकांश देशमा पीसीआर टेस्ट नै प्रचलनमा छ । तर यस्तो प्रविधिबाट रिपोर्ट थाहा पाउन कम्तीमा एक घण्टा लाग्छ ।
जापानी अनुसन्धानकर्मीहरूले विकास गरेको नयाँ प्रविधिबाट कोभिड संक्रमण जाँचको ५ मिनेटभित्रै रिपोर्ट देखाउने उल्लेख गरिएको छ ।
-एजेन्सी