Logo
|
Saturday 27th April 2024
Logo

epaper

अस्पतालमा अक्सिजन लिक हुँदा भेन्टिलेटरमा रहेका २२ जना कोभिड १९ संक्रमितको मृत्यु



जनस्वास्थ्य सरोकार । भारतको महाराष्ट्रमा अक्सिजन ट्याकं लिक हुँदा २२ जना कोभिड १९ संक्रमितको मृत्यु भएको छ। अक्सिजन लिक भएर बिरामीहरुले अक्सिजन नपाउँदा उनीहरुको मृत्यु भएको भारतीय समाचारसंस्था एएनआईले जनाएको छ ।

ट्यांकबाट अक्सिजन चुहावत हुँदा ३० मिनेट सम्म बिरामीहरुले अक्सिजन पाएका थिएनन्।

महाराष्ट्रको जकिर हुसैन नगर अस्पतालमा भएको उक्त घटनामा मृत्यु हुने सबै भेन्टिलेटरमा रहेका कोभिड १९ संक्रमित थिए। उनीहरुलाई निरन्तर रुपमा अक्सिजन दिनुपर्थ्यो।

त्यहाँका रहेका करिब १५० बिरामी अक्सिजन वा भेन्टिलेटरमा निर्भर थिए। महाराष्ट्र सरकारले यो घटनाको अनुसन्धान गरि दोषीलाई कारवाही गर्दे बताएको छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस्