Logo
|
Saturday 20th April 2024
Logo

epaper

नेपालमा संरचनाले धान्नै नसक्ने गरी कोरोना संक्रमित बढ्ने संकेत

एक सातामा संक्रमितको संख्या चार गुणा बढ्यो



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा कोरोना ग्राफ उकालो लाग्ने क्रम जारी छ । एक साताको अवधिमा कोरोना संक्रमितको संख्या चार गुणाले बृद्धि भएको छ । २०७७ चैत ३० देखि २०७८ बैशाख ८ गतेसम्म (दश दिनको अवधिमा ) दश हजार बढी कारोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिनप्रति दिन तीब्र रुपमा संक्रमण दर बढिरहेको बताउँदै अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन आग्रह गरेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हरेक ४ दिनमा कोरोना संक्रमणको संख्या दोब्बर भइरहेको बताउँदै अत्यन्त जरुरी नपरी घर बाहिर ननिस्कन अनुरोध गर्नुभयो ।

नेपालमा संरचनाले धान्नै नसक्ने गरी बिरामीहरुको संख्या बढ्ने संकेत प्राप्त भएको प्रवक्ता डा. गौतमको भनाई छ । उहाँले भन्नुभयो- ‘हरेक चार दिनमा संक्रमण दोब्बर भइरहेको छ । डबलिङ टाइम चार दिन रहेको छ । र हाम्रा संरचनाहरुले धान्नै नसक्ने गरी विरामीहरुको संख्या बढ्ने संकेत प्राप्त भएको छ ।’

यसकारण अत्यन्त जरुरी नपरी घरबाट बाहिर ननिस्कन, सभा, भेला–गोष्ठी, सेमिनार, मिटिङ, जात्रा नगर्न र नागरिक जीवनहरुको रक्षा गर्न सम्पूर्णमा अनुरोध गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्