Logo
|
Saturday 20th April 2024
Logo

epaper

नेपालगञ्जमा थप दुई सय बढीमा कोरोना पुष्टि



जनस्वास्थ्य सरोकार, काठमाडौँ । भेरी अस्पतालको प्रयोगशालामा गरिएको नमुना परीक्षणमा एकै दिन दुई सय बढीमा कोरोना पुष्टि भएको छ। ३५० जनाको आरटी पिसिआर परीक्षण गर्दा २ सय ४ जनामा कोरोना पुष्टि भएको हो। 

कुल संक्रमितमध्ये बाँके जिल्लामा सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएको छ। बाँकेमा मात्र १ सय ५४ जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ। 

बर्दियामा २६, आर्मी अस्पतालमा ८, दैलेख र दाङमा समान ३/३ जना, कैलाली, एन.ए, पश्चिम रुकुममा २÷२ जना, जुम्ला, कपिलवस्तु, मकवानपुर र सुर्खेतको १/१ जनामा कोरोना भेटिएको अस्पतालले जनाएको छ। 

संक्रमित औसत उमेर ३४ दशमलव ४४ वर्ष रहेका छन्। जसमध्ये न्यूनतम २ देखि अधिकतम ८१ वर्षसम्मका रहेको अस्पतालले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्