Logo
|
Thursday 25th April 2024
Logo

epaper

नयाँ बजेट: कोभिड नियन्त्रण र खोप खरिद उच्च प्राथमिकतामा



?

जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी आर्थिक बर्षको बजेट निर्माण गर्दा कोभिड संक्रमण व्यवस्थापन र खोप खरिदलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ।

प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको आजको बैठकमा मन्त्रालयले स्वास्थ्य संस्था तथा सेवा विस्तार , सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य सबलिकरण,एकीकृत खोप तथा पोषण कार्यक्रम र एकिकृत रोग रोकथाम तथा नियन्त्रण कार्यक्रम पनि प्राथमिकतामा रहेको जनाएको छ।

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पदाधिकारीहरुले आगामी बजेटमा स्वास्थ्य वीमा कार्यक्रम र एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन तथा डिजिटल हेल्थ पनि प्राथमिकतामा रहेको बताउनुभयो।

चालु आर्थिक बर्षको दोश्रो चौमासिकसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पुँजिगत खर्च ९ दशमलव नौ छ प्रतिशत र चालु खर्च ३४ प्रतिशत भएको छ।

यो अवधिमा कोभिड १९ पहिचान , रोकथाम, नियन्त्रण र उपचारमा कुल ५ अर्ब १७ करोड ७२ लाख ८३ हजार खर्च भएको जानकारी गराइयो।

खोप कार्यक्रमका लागी २ अर्ब ५४ करोड ५८ लाख रुपैयाँ भुक्तानी दिन बाकी रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्