Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

आईसीयूमा आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार । भारतमा मुम्बई नजिकैको कोभिड बिरामी उपचाररत अस्पतालको सघन उपचार कक्ष, आईसीयूमा भएको आगलागीमा कम्तीमा १३ जनाको मृत्यु भएको छ।

शुक्रवार बिहान लागेको आगो निभाइएको र जीवित चार बिरामीलाई अन्य अस्पतालमा सारिएको अधिकारीहरूले बताएका छन्।

यो घटना भारतमा कोरोनाभाइरस सङ्क्रमणको घातक दोस्रो लहर चलिरहँदा भएको छ।

दोस्रो लहरका कारण अस्पतालहरूमा बिरामीको भिड छ र तिनमा अक्सिजन, आईसीयू शय्या र भेन्टिलेटरको कमी भएको छ।

शुक्रवार भारतमा तीन लाख ३२ हजार सात सय ३० जनामा सङ्क्रमण पुष्टि भएको छ जुन संसारका कुनै पनि देशमा एक दिनमा पुष्टि भएको सर्वाधिक सङ्क्रमण सङ्ख्या हो।

शुक्रवार प्राप्त पछिल्लो विवरण अनुसार त्यहाँ थप २,२६३ जनाको मृत्यु भएको छ जुन भारतमा हालसम्मको सर्वाधिक दैनिक मृत्यु सङ्ख्या हो।

आगलागी महाराष्ट्र राज्यमा मुम्बईभन्दा ७० किलोमिटर पर रहेको विरार क्षेत्रको विजय वल्लभ अस्पतालमा भएको थियो।

आगलागी कसरी सुरु भयो भन्ने स्पष्ट छैन र महाराष्ट्रमा मुख्यमन्त्रीले अनुसन्धान गर्ने आदेश दिएका छन्। बीबीसी

प्रतिक्रिया दिनुहोस्