Logo
|
Friday 19th April 2024
Logo

epaper

कोरोना उकालो लाग्ने क्रम जारी, २५५९ जनामा संक्रमण पुष्टि, ५ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । देशभर थप दुई हजार ५५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। बितेको २४ घण्टामा नौ हजार ६६४ जनाको रियल टाइम पीसीआर र एन्टीजेन विधिबाट परीक्षण गर्दा २५ सयभन्दा बढीमा संक्रमण देखिएको हो।

पछिल्लो २४ घण्टामा ४१० जना संक्रमणमुक्त भएका छन्। हालसम्म नेपालमा दुई लाख ९४ हजार ६०१ जना कोरोना संक्रमित भएकोमा दुई लाख ७६ हजार ७५५ जना निको भइसकेका छन्। संक्रमण निको हुने दर ९३ दशमलव ९ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ। योसँगै नेपालमा संक्रमणका कारण मृत्यु हुनेको संख्या तीन हजार १२२ पुगेको छ।

शुक्रबार थपिएका संक्रमितसँगै देशमा सक्रिय संक्रमितको संख्या १४ हजार ७२४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्